/तीन घण्टा बसेर सकियो आजको सर्वदलीय बैठक

तीन घण्टा बसेर सकियो आजको सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मुलतः समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

आज बोलाइएको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘कोभिड – १९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।  ‘कोभिड-१९’ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन उनले सबैसँग अपिल समेत गरेका थिए ।

सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।