काठमाडौं- नेपालमा केही दिनदेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु निको हुने दर बढिरहेकाे छ ।
काेराेना भाइरसबाट निको हुने दर ९४.११ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे चाैबीस घण्टामा एक हजार ६२१ जना सङ्क्रमितहरु निको भएका छन् । हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएको जनाएको छ ।
यस्तै, थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको थियो ।
हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
नेपालमा हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संक्रमितमध्ये ५२३ जना क्वारेन्टिनमा रहेका छन ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।
योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको छ ।।