मङ्सिर २३,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार विरोधी प्रदर्शनमा ‘बम हान्ने’ खबर गलत भएको जनाएको छ |
देशभर बिभिन्न खाले प्रदर्शन चर्कन थालेपछि केही अनलाइनमा ‘राजावादीको जुलुशमा विप्लवले बम हान्ने’ भन्दै उत्तेजनापूर्ण खबर सार्वजनिक भए संगै विप्लव’ नेतृत्वले यस्तो जनाएको हो |
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हाल राज संस्थाको पक्षमा भइरहेका प्रदर्शनका कुनै हस्तक्षेप नहुने प्रष्ट पारेको छ।
पछिल्लो समय देशभर विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन चर्किरहेका छन्।
त्यस सन्दर्भमा विप्लव नेकपाको केन्द्रीय कार्यालयले आफ्नो पार्टीको नाम जोडिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
उक्त समाचार सत्य नभएको भन्दै भ्रममा नपर्न समेत विप्लव नेकपाले आग्रह गरेको छ। बिज्ञप्ति