/अनुमतिविना सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगहरु बन्द हुने

अनुमतिविना सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगहरु बन्द हुने

अनुमतिविना सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगहरु बन्द हुने भएका छन् | 

मंगलबार गृहमन्त्रालयमा बसेको विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु सम्मिलित बैठकले अनुमतिविना सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगहरु बन्द गर्ने यस्ता उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो।

दर्ता/अनुमति प्राप्त भएका तर मापदण्ड पूरा नगरेका उद्योगको हकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय/सम्बन्धित स्थानीय तहले त्यस्ता उद्योगहरूबाट मापदण्ड पालनाको समयबद्द कार्ययोजना सहितको प्रतिबद्धता लिई मनासिव माफिकको समयावधि दिई मापदण्ड पूरा गरे पछि मात्र उद्योग सञ्चालन गर्न दिने निर्णय  गरेको छ।

बैठकले ‘विपद जोखिम न्यूनिकरणलाई ध्यानमा राखी संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयबाट १५ दिनभित्र ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री, तथा व्यवस्थापन सम्बन्धी परिमार्जित मापदण्डको प्रस्ताव मन्त्रिपरिषद समक्ष पेश गर्ने’ निर्णय समेत गरेको छ।