/बुधबार बिहानै पृथ्वीचोक चाइना पुल स्थित मोटरसाइकलले ठक्कर दिंदा एक महिला घाइते

बुधबार बिहानै पृथ्वीचोक चाइना पुल स्थित मोटरसाइकलले ठक्कर दिंदा एक महिला घाइते

मङ्सिर २४, पोखरा ।  पोखरा पृथ्वी चोकस्थित चाइना पुलनजिकै मोटरसाइकल ले ठक्कर दिंदा एक महिला घाइते भएकी छन् ।  

अमरसिंह बाट पृथ्वीचोक तर्फ जाँदै गरेको  बा ८९ प २८७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बुद्दिसरा नेपालि घाइते भएकी हुन् । 

बिहानै डोकामा तरकारी बोकेर बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको बुझिएको छ ।  घाइते नेपालीको टाउको बाट सामान्य रगत बगिरहेको छ ।   

 घाइते नेपालीलाई उपचारको लागि  पृथ्वीचोक स्थित जीएमसी लागिएको छ ।