/पोखरा पावर हाउसमा ९ करोड लागतमा रंगशाला बन्ने

पोखरा पावर हाउसमा ९ करोड लागतमा रंगशाला बन्ने

पोखरा, मंसिर २४ गते ।पोखरामा प्रदेशस्तरीय रंगशाला निर्माण हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ पावर हाउस पश्चिमतर्फको खाली भुभागमा रंगशाला निर्माण हुने भएको हो ।  ९ करोडको लागतमा रंगशाला निर्माण हुने भएको हो   ।

त्यसको लागि  रंगशालाको डिपिआर तयार भएको वडा नम्बर १७ का  अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो । उहाँले करिव नौ करोडको लागतमा रगंशाला बनाउने योजना रहेको बताउनुभएको हो  । 

त्यस्तै पावर हाउस फुस्रे खोला खेल मैदान स्थल जाने बाटोको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गर्नुभएको छ  । उहाँले महानगरले एक वडा एक खेल मैदान निर्माण गर्ने बताउदै रंगशाला निर्माणको स्वामित्व बारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिसीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउदै महानगरले मौजामा सबैभन्दा अग्लो स्थानमा रंगशाला निर्माण सुरु गरेको बताउनुभयो ।

सडक निर्माणका लागि वडा नं १७ ले १० लाख र पावर हाउस विद्युत केन्द्रले ३ लाख प्रदान गरेको मैदान निर्माण समितीका अध्यक्ष दीपकबहादुर गोदारले बताउनुभयो ।

कार्यक्रममा नेकपा वडा नं १७ का अध्यक्ष सुभाष ढुङ्गाना, नेपाली काँग्रेस १७ का सभापती देवराज अचार्य, निर्माण समितीका सचिब प्रकाश बराल लगायतले आफ्ना भनाइ राखेका थिए ।