/बसबाट खसेका एक व्यक्तिको स्याङ्गजा अस्पतालमा मृत्यु

बसबाट खसेका एक व्यक्तिको स्याङ्गजा अस्पतालमा मृत्यु

बसबाट खसेर घाइते भएका एक पुरुषलाइ स्याङ्गजा अस्पतालले मृत घोषणा गरेको छ ।

 

महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीदेखि बुटबलका लागि छुटेको ग१ख ५१६२ नम्वरको बसवाट खसेर वडा नं. ४ पाखापानी स्थित लाम्तुन निवासी ५६ वर्षिय टेकबहादुर दर्जिको मृत्यु भएको हो ।

आफन्तलाई बस चढाउन आएका दर्जि बसमा चढेर केहि पर गई झर्ने क्रममा खसेर गम्भीर घाईते भएको र उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।