/सारथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ दिवसीय साधारण सभा सम्पन्न

सारथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ दिवसीय साधारण सभा सम्पन्न

सागर गिरि ,

पोखरा १७ बिरौटा स्थित  सारथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ दिवसीय साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गत बर्षको एस इ इ परिक्षा मा सर्बोत्कृष्ट शेयर सदस्यका छोरा छोरीहरुलाई सम्मान समेत गरिएको थियो । उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि देवी बहादुर थापाले उत्कृष्ट बिधार्थिहरु विपिन सुबेदी, पंकज पौडेल, सुमिका गौतम,आकांक्षा अधिकारी र  विवस ढकाललाइ सम्मान कदर पत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका कानुनि सल्लाहकार अधिवक्ता श्री सुकदेव गौतमले राख्नुभएको थियो भने भवानी भट्टराईले कार्यक्रमको बारेमा प्रकास पार्नुभएको थियो ।

शेयर सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव नारायण दत्त सुबेदीले गर्नुभएको थियो ।