/सुशासनका लागि नागरिक समाज कास्कीमा तिमिल्सिना

सुशासनका लागि नागरिक समाज कास्कीमा तिमिल्सिना

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती पोखराले निर्देशकमा कृष्ण तिमिल्सिनालाइ नियुक्त हुनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद)को मिती २०७७ मंगसिर १७ गतेको सदस्यसचिव स्तरिय निर्णय अनुसार समितीको रिक्त रहेको पदमा तिमिल्सिनालाई बढुवा गर्दै निर्देशकको जिम्मेवारी दिएको हो । तिमिल्सिना  ५ वर्ष देखि उपनिर्देशक पदमा हुनुहुन्थ्यो । यस

२०४० साल देखि खेल जिवन शुरु गर्नु भएका निर्देशक तिमिल्सिनाले जिम्न्याष्टिक खेलबाट ८ वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको छ ।

२०५२ सालमा राखेपमा स्थायी नियुक्ती पाउनु भएका उहाँले कास्की जिल्ला खेलकुद विकास समितीमा प्रशिक्षण इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको थियो ।