/स्याङ्गजामा ट्रक दुर्घटना हुँदा ४ घाइते – Syangja Update

स्याङ्गजामा ट्रक दुर्घटना हुँदा ४ घाइते – Syangja Update

मङ्सिर २५, स्याङ्जा वालिङको डुम्रे भञ्ज्याङमा बुधबार साँझ ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

वालिङ नगरपालिका(१४ वालिङ–हुवास भित्री सडकखण्डको डुम्रे भञ्ज्याङमा रौतहटबाट पर्वतको हुवासतर्फ ईट्टा लिएर जादै गरेको ना६ख २०९४ नंम्बरको को ट्रक घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

सडकबाट ५० मिटर तल खस्न जाँदा उक्त ट्रकमा सवार ८ जना घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको जानकारी प्रहरीले दिएको छ । 

ट्रक चालक जिल्ला रौतहट डुमरिया निवासी ३५ वर्षीय गंमिरा साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।