/पुन होम आइसोलेसनमा एक संक्रमितको ज्यान गएको छ

पुन होम आइसोलेसनमा एक संक्रमितको ज्यान गएको छ

मङ्सिर २६, पाल्पाका एक कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ । 

 

पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।

मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । 

उनमा  निमोनियाको समस्या रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

योसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २६ पुगेको छ ।