मङ्सिर २६, पोखरा वडा नम्बर १७ सिमलटुडा स्थित एक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
सिमलटुडा स्थित बाराही टोलको आफ्नै भवनमा भुमि समस्या समाधानमा केन्द्रित रहेर सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
पुल्चोक ,भएरथान , नमुना , बाराही लगायतको टोल सुधार समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता भुमि समस्या समाधान आयोगका केन्द्रीय सदस्य तथा नेकपाका केन्द्रीय सदस्य एक बहादुर रानाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले अव्यवस्थित बसोबास गरिरहेकाहरुको लागि व्यवस्थित गरिने बताउंदै सुकुम्बासी बस्तीका बासिन्दाहरुले छिट्टै लालपुर्जा समेत प्राप्त गर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थ राज अधिकारि, वडा सदस्य राधिका शाही योगी र वडा नम्बर १७का नेकपाका अध्यक्ष सुवास ढुंगानाले आफ्नो भनाइ राख्नु भएको थियो भने वडा नम्बर १७ का नेकपा सचिव इश्वरी लम्सालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।