/नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, कार्य भिभाजनको काम सकायो,कास्कीमा अर्जुननरसिंह केसी

नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, कार्य भिभाजनको काम सकायो,कास्कीमा अर्जुननरसिंह केसी

प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दै छ । 

कोरोना नियन्त्रणमा सरकारको असफलता, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृहजिल्ला तनहुँमा भएको दुर्व्यवहार,  भ्रष्टाचार तथा  स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै कांग्रेसले देशभर सरकारको  विरोध प्रदर्शन गर्न लागेको जनाएको छ । 

देशभर हुने प्रदर्शनहरुमा भिन्न नेताहरुको कार्यभिभाजन भैसकेको  प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  जस अन्तर्गत  पोखरामा केन्द्रबाट नेता अर्जुननरसिंह केसी आउने पक्का भएको छ ।

प्रवक्ता शर्माका अनुसार  सभापति शेरबहादुर देउवाले हेटौंडा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा,पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी , रामशरण महतले चितवन , गगन थापाले कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउदले अछाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।