/पोखरामा एक पुरुष मृत अवस्थामा भेटिए

पोखरामा एक पुरुष मृत अवस्थामा भेटिए

मंसिर २६ , पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

पोखरा महानगरपालिका वडा नं -१ बगर स्थित माछापुछ्रे बैंक नजिकै अन्दाजी ६० वर्षीय पुरुष मुखबाट रगत बगिरहेको अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारेमा जानकारी पाए लगत्तै खटिएको प्रहरीको टोलीले उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल लगेको केही समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाका बिषयमा अनुसन्धान भैरहेको छ ।