/पोखरा महानगरमा आइतबार देखि पार्किङ्ग शुल्क उठाइने, कुन सवारीमा कति शुल्क लाग्छ त

पोखरा महानगरमा आइतबार देखि पार्किङ्ग शुल्क उठाइने, कुन सवारीमा कति शुल्क लाग्छ त

पोखरा महानगरपालिकाले आइतबारदेखि पार्किङ्ग शुल्क शुरु गर्ने भएको छ। २ बर्षबाट रोकिएको पार्किङ्ग शुल्क पुन सुरु गर्न लागेको पार्किङ्ग शुल्क उठाउने जिम्मा पाएको फेवा सावित्री जेभीले बताएको छ।
फेवाका अध्यक्ष इन्द्र गुरुङले आफुहरुले नितान्त नया ढंगबाट पार्किङ्ग शुल्क उठाउन लागेको
पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ।

त्यस्तै अध्यक्ष गुरुङ्गका अनुसार ठुला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ र मझौला सवारी साधनमा पनि मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा लाग्ने छ।
त्यस्तै हलुका सवारी साधनलाई प्रतिघण्टा २० रुपैंयाको दरले पार्किङ शुल्क लिइने भएको छ भने मोटरसाइकल र स्कुटरमा भने १० रुपैयाँ प्रतिदिन लाग्ने जनाइएको छ ।
त्यसैगरी जेभिका अध्यक्ष गुरुङका अनुसार अबको पार्किङ्ग शुल्क उठाउने प्रक्रियालाई बिस्तारै आधुनिकीकरण गरेर अगाडी बढाइने छ