/पर्वत कालिगण्डकीमा  जिपलाइन निर्माण सुरु

पर्वत कालिगण्डकीमा  जिपलाइन निर्माण सुरु

२७ मङ्सिर । पर्वत कालिगण्डकीमा  जिपलाइन निर्माण हुने भएको छ ।

कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । 

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जिपलाइनको शुक्रबार शिलान्यास गर्नुभएको छ ।

धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदिरको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिनुभयो । इञ्जिनीयर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ ।

जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इञ्जिनीयर मेस्सीले बताउनुभयो ।