मङ्सिर २८, पोखरा | पोखरा फेवातालस्थित तोकिएको मापदण्ड बिपरित बनाइएका पर्खाल महानगरपालिकाले डोजर लगाएर हटाएको छ ।
ताल वरिपरी रहेको जमिनमा शनिबार राति स्थानीयले पुन संरचना निर्माण गरे पछी आइतबार महानगरले पुन: डोजर लगाएको हो ।
शुक्रबार बनाइएका संरचना महानगरले शनिबार दिउँसो डोजर लगाएर हटाएपछि स्थानीयले शनिबार राति पुन: संरचना निर्माण गरेका थिए ।
फेवातालमा ६५ मिटर मापदण्ड लागू गरी पनित्यो भन्दा भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको हो । पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेको पोखरा महानगर–१८ का अध्यक्ष रणबहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार पछिल्लो क्रममा यस क्षेत्रमा मापदण्ड मिचेर अवैध संचरना निर्माण गर्नेको होडबाजी नै चलेको छ ।
फेवाताल संरक्षण गर्नको लागि सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले कार्यान्वयनमा ढिलाइ गर्दा भूमाफियाहरुले मौकामा चौका हाने दाउ गरिरहेका छन् ।