/शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक पुस १ गतेसम्मका लागि स्थगित

शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक पुस १ गतेसम्मका लागि स्थगित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै पुस १ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामाको निधनको प्रसङ्ग जोडेर प्रवक्ता श्रेष्ठलाई अनावश्यक आक्षेप नलगाउन आग्रह गर्नुभएको थियो ।

गत आइतबार बसेको स्थायी कमिटी बैठक एक सातापछि आज पुन: बसेको हो ।