/लायन्स क्लब अफ पोखरा नर्सेसद्वारा सहयोग

लायन्स क्लब अफ पोखरा नर्सेसद्वारा सहयोग

पोखरा २८, मंसिर । लायन्स क्लब अफ पोखरा नर्सेसले विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

क्लब तथा डाँडागाउँ युनाइटेड क्लबको संयुक्त आयोजनामा शुक्रबार पोखरा–२०, भलाम डाँडागाउँ अवस्थित देवी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी, स्यानिटाइजर तथा न्यानो कपडाहरु वितरण गरेको हो । डाँडागाउँ टोल विकास संस्थाका उपाध्यक्ष क्या.दल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष लायन मीना थापाले सो सामग्री हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथी क्या.दल बहादुर गुरुङले यस प्रकारको सहयोग गरेकामा दुबै क्लबप्रति आभार व्यक्त गरे भने विद्यालयका प्राचार्य रामचन्द्र सुवेदीले यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुको शैक्षिक गुणस्तर उकास्न र पठनपाठनमा प्रोत्साहन मिल्ने कुरा बताए । त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष लायन मीना थापाले यस प्रकारको सहयोग प्रदान गर्न पाउँंदा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि लायन्सको सामाजिक कार्यतर्फ सधैं नै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । लायन हेमा गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालयमा अध्यायनरत विद्यार्थी, अभिभावक र क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।