तस्बिरमा पोखरा सभागृहबाट २०० मिटर माथि पोखराको मुटु न्युरोडको सडकको दायाँ भागमा थुप्रिएको डङ्गुर देखाइएको छ । तस्बिरमा दिए जस्तै पोखराका अन्य सडकमा पनि फोहोरका थुप्राहरु प्रसस्तै देख्न पाइन्छ।
सडकको छेउमा थुपारेको फोहोरको डङ्गुर त छदै छ , त्यति मात्र नभएर सोमबार बिहानै न्युरोड देखि पृथ्वीचोक सम्मनै सडक भर फोहोर छिरलिएको अवस्थामा देख्न सकिन्थ्यो। न्युरोड देखि पृथ्वीचोक सम्मनै सडक मा आकाशीय बर्षा भएजस्तै गरि फोहोर छिरलिएको देख्दा सहजै अनुमान लगाउन सकिन्छ कि त्यो कुनै एक व्यक्तिले गरेको होइन ।
महानगरपालिकाले २०७६ जेष्ठ २९ गते पोखरा महानगरपालिका वडा नम्बर ९ शान्ति वनमार्गको सडकमा फोहोर फाल्दै गर्दा भेटिएका एक व्यक्ति लाई १५ हजार रुपियाँ जरीवाना समेत तिराएको थियो ।
यसरी बुझेर पनि बुझ पचाउने सर्वसाधारण जसले सडकका छेउ छाउमा फोहोर फाल्छन र महानगरले पनि सडकमै फोहोरको बर्षा गराइदिने हो भने स्मार्ट सिटिका हामी स्मार्ट कहिले बन्ने त !