/कांग्रेसद्वारा देशव्यापी प्रदर्शन

कांग्रेसद्वारा देशव्यापी प्रदर्शन

मङ्सिर २९, नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दलको हैसियतले सुशासन र लोकतन्त्रको पक्षमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो । देशव्यापी भएको विरोध कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरुले सम्बोधन गर्नुभएको छ । सभापति देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले हेटौंडामा भएको प्रदर्शनलाई सम्बोधन गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा र महामन्त्री शशांक कोइरालाले विराटनगरमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्नुभयो । नेता गगन थापाले कैलालीमा भएको प्रदर्शनलाई सम्बोधन गर्नुभयो ।

कांग्रेसले विरोध प्रदर्शनमा कोरोना महामारीको संक्रमणलाई ख्याल गरी स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको थियो ।