/कास्कीका केहि बिद्यालय पौष १ देखि संचालनमा आउंदै , स्वास्थ्य मन्त्रालयद्वारा कक्षा संचालनमा हतार नगर्न आग्रह

कास्कीका केहि बिद्यालय पौष १ देखि संचालनमा आउंदै , स्वास्थ्य मन्त्रालयद्वारा कक्षा संचालनमा हतार नगर्न आग्रह

मङ्सिर २९, कास्कीका ग्रामिण क्षेत्रमा फ़ट्टाफ़ुट्ट बिधालय भौतिक उपस्थितिमै भइरहे पनि  यता  कास्की प्याब्सन सम्बद्द बिधालय

 

हरुले भने पौष १ गते देखि बिधालयहरु संचालनमा ल्याउने तयारि भइरहेको बताएका छन्।  

बिधालयहरुले भौतिक उपस्थितिमै कक्षा संचालन गर्ने बताइरहदा यता अभिभावक भने यो महामारीको बेला आफ्ना

बाबुनानिहरुलाई  जोखिम मोलेर बिधालय पठाउन नसक्ने बताउछन । विश्वले यो महामारी बेहोरिरहंदा बिधालयले भौतिक उपस्थितिमै कक्षा संचालन गर्नु मुर्खता भएको बताउदै चलिरहेको अनलाइन कक्षानै यो परिस्थितिको गतिलो बिकल्प भएको बताउछन।  

त्यस्तै  महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ । 

विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो । महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो ।  पुन अनलाइनबाट पठनपाठन सुरु गरिने बिधालयले बताएको छ  । 

यता देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोमा  स्वास्थ्य मन्त्रालयले भने आपत्ति जनाएको छ। 

अहिलेको परिस्थितिमा बिधालय  सचालन गरिहाल्न नहुने भन्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताउछन । घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ। अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ।’