/संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित

मंसिर ३०,  प्रधानमन्त्री  केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको छ ।

परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन । आज बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनु भएको थियो ।

संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित हुनु भएको न्यौपानेले बताउनुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।