/डेभिड फलको स्वामित्व महानगरले लिनखोजेको भन्दै स्थानियाद्वारा असन्तुष्ट

डेभिड फलको स्वामित्व महानगरले लिनखोजेको भन्दै स्थानियाद्वारा असन्तुष्ट

पोखरा १७ स्थित छोरेपाटन स्कुल ले भोगचलन गर्दै आयेको ( पातले छागो ) डेभिड फलको आय स्रोत महानगरले खोस्दा स्थानीयले असन्तुष्ट जनाएका छन्  ।
बिधालयले  २०३४ सालबाट डेभिड फलको आयस्रोतले बिधालयका निजि स्रोतका शिक्षक तथा कर्मचारीलाइ तलब सुबिधा दिदै आएको र सो अधिकार महानगरले खोस्दा बिधालयको शैक्षिक स्तरमै असर पुग्ने भन्दै स्थानीयले असन्तुष्ट जनाएका हुन् । 
पर्यटकिय क्षेत्र डेभिड फल महानगरको एकल निर्णयमा  सेतिक्यानिन प्राली लाई टेनडर दिन का लागि तयारी रहेको जानकारी पाए पछी स्थानीय बिरोधमा उत्रेको  विधालयका व्यवस्थापन समितिका पुर्व अध्यक्ष देवराज आचार्यले बताएका छन् ।
सो ठाउँको  आम्दानीबाट  छोरेपाटन स्कुल का ७२ जना निजि स्रोतका कर्मचारीको तलब ब्यवस्थापन गर्दै आइरहेको कुरापनि आचार्यले बताएका छन् 
पोखरा महानगर ले २०७५ सालमा टेन्डर प्रक्रिया निकाली आजसम्म स्थगित गर्दै फेरि सेतिक्यानिन प्राली लाई टेनडर प्रक्रियामा दिने निर्णय गरेको भन्दै  स्थानियहरुले बिव्यासा पुर्व अध्यक्ष आचार्यको नेतृत्वमा  महानगर प्रति घोर आपत्ति प्रकट गर्दै वडा तथा महानगरमा ज्ञापन पत्र समेत बुझाएका छन् ।