/पिसिआर शुल्क बढी लिने क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाइ कारबाही

पिसिआर शुल्क बढी लिने क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाइ कारबाही

पुष १, पिसिआर चेकजाँचका लागि सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

नेपाल सरकारले पिसिआर जाँचका लागि दुई हजार रुपैयाँ शुल्क तोके पनि अटेरी गर्दै बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यी दुई अस्पतालविरुद्ध गुनासो दर्ता भएको थियो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो । मंगलबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमलाई आठ लाख रुपैयाँ धरौटी तोकर तारेखमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
प्रशासनले चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग केही दिनअघि वयान लिएको थियो । सहायक प्रजिअ शर्माले उनीहरूलाई १८ लाख रुपैयाँ धरौटी तोकेर तारेखमा छाडिएको बताए ।