/एन आर एन खेल्कुद मेनेजरमा चेतन गुरुङ

एन आर एन खेल्कुद मेनेजरमा चेतन गुरुङ

पौष १, एनआरएन  खेलकुद केन्द्रको प्रमुख संगै तेक्वान्दो को कोचमा चेतन गुरुङ्ग छनौट भएका  छन।
खेलकुद क्षेत्र संगै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको यो संस्थाले खेलकुद क्षेत्रका जुजारु युवालाइ मेनेजरको जिम्मा  दिएको समिति छनौट समितिका संयोजकले बताएका छन् ।
अन्तराष्ट्रिय स्तर बाटै रहेर  लामो समय देखि खेलकुद क्षेत्रमा योगदान दिएका गुरुङ्ग कुशल तेक्वान्दो प्रशिक्षक पनि हुन् । उनि हन्कङमा रहेर बिभिन्न व्यवसायमा आबद्द रहेका छन् र उनले  बिधालय स्तरका बालबालिकाहरुलाइ पनि तेक्वान्दोको   कक्षा दिंदै आइरहेका छन् ।
मकाउमा रहेर नेपालिलाइ रोजगार दिलाउन मा पनि  महत्त्वपूर्ण सहयोग गरेका उनले एनआरएनको मेनेजरमा छनौट भए संगै  आर्थिक कमजोर भएका हरुलाई सहयोग गरेर नेपालि खेलाडीलाई विश्व सामु चिनाउन पछी नपर्ने समेत बताए ।