हाल नेपालको पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु, कुहिरो र बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु कुहिरो लागिरहेको छ।
आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।