/रेसम चौधरी र लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला

रेसम चौधरी र लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला

बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टिकापुर घटनामा दोषी देखिएका चौधरी र थारुलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै फैसला सुनाएको हो ।