/युनिटी इको भिलेज चापाकोट र आस्था हस्पिटलको सहयोगमा स्वास्थ्य सिविर सम्पन्न

युनिटी इको भिलेज चापाकोट र आस्था हस्पिटलको सहयोगमा स्वास्थ्य सिविर सम्पन्न

युनिटी इको भिलेज चापाकोटद्वारा  आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रालिको सहयोगमा स्वास्थ्य सिविर सम्पन्न भएको छ । 

चापाकोट घडेरी २३ कास्कीमा बिशेष गरेर बालबालिका र महिलाको स्वास्थ्य हेरचाह र समस्या समाधानमा टेवा पुगोस भनेर कार्यक्रम संचालन गरिएको संस्थाका सचिव राजु लामाले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु संचालन गारिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रमेश चन्द्र गिरीले चापाकोट घडेरी स्थित एउटा स्वास्थ्य चौकी अपरिहार्य रहेको बताउनु भयो ।

आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रालिबाट ५ जना स्वास्थ्य कर्मिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।