/प्रधानमन्त्री ओली दाहाललाई भेट्न खुमलटार जाँदै

प्रधानमन्त्री ओली दाहाललाई भेट्न खुमलटार जाँदै

रिपोर्टर्स सेभेन,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अहिले बिहान खुमलटार जाने तयारी गर्नुभएको छ ।   

पार्टीमा विवाद बढेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार जान लाग्नुलाई निक्कै अर्थपूर्ण मानिएको छ । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।  प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।  सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ । 

यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।