/नेहा कक्कडको बेबी बम्प

नेहा कक्कडको बेबी बम्प

एजेन्सी,

बलिउड गायिका नेहा कक्कडले विवाह भएको दुई महिनामै इन्स्टाग्राममा एउटा रोमान्टिक फोटो सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी छन्। २४ अक्टोबरमा नेहाले रोहनप्रित सिंहसँग विवाह गरेकी थिइन्।  नेहाले इन्स्टाग्राममा रोहनप्रितसँगएउटा फोटो सेयर गरेकी छन्जसमाउनी ‘बेबी बम्प’गरिरहेकी छन्।

नीलो पहिरनमा सजिएकी नेहाले फोटो क्याप्सन लेखेकी छन्, ‘ख्याल राख्नू है’। यो खुसीको खबरपछि नेहाका फ्यान

आश्चर्यमा परेका छन् किनकि उनको विवाह भएको थोरै समय मात्रै भएको छ। केहीले विभिन्नखाले प्रश्न उठाएका छन् भने केहीले बधाई दिएका छन्।  नेहाले रोहनप्रितसँगप्रेममा रहेको केही समयपछि विवाह गरेकी थिइन्। एक गीत सुटिङको क्रममा उनीहरूको भेट भएको थियो। उनीहरूको यो भेट छिट्टै प्रेममा बदलिएको थियो।

हनिमुनका लागि उनीहरू दुबई गएका  थिए।