/खोप दिइने व्यक्तिको सूची बनाउँदै सरकार, पहिलो प्राथमिकतामा को छ त

खोप दिइने व्यक्तिको सूची बनाउँदै सरकार, पहिलो प्राथमिकतामा को छ त

रिपोर्टर्स सेभेन,

पुष ५, कोभिड १९ विरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । 

खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने भएको छ । विभागले नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका चिकित्सकलगायतका स्वास्थ्यकर्मीको विवरण मागेको छ ।

सरकारले पहिलो चरणमा आफू संक्रमित भई अरूलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको छ । मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले दर्ता भएका डाक्टरहरूको विवरण चाँडै विभागमा पठाउने बताए ।