/मध्यावधि निर्वाचनका लागि प्रधानमन्त्री ओलीले थाले छलफल

मध्यावधि निर्वाचनका लागि प्रधानमन्त्री ओलीले थाले छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि छलफल थालेका छन् । 

ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिसकेपछि निर्वाचन आयोगका अधिकारीहरुसँग पनि छलफल थालेका हुन् । आज संसद विघटन गरेर आगामी वैशाख १७ र १७ गतेका लागि प्रतिनिधिसभाको मिति तय भएसँगै ओलीले छलफल थालेका हुन् ।

ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् भने त्यसपछि निर्वाचन आयोगका अधिकारीहरुसँग पनि छलफल गरेका छन् । छलफलका क्रममा आयोगले एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले सुझाव दिएको छ ।