पुष ५, चापाकोट नगरपालिकाले भलिवलका दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले नगर खेलकुद बिकास समितिको समन्वयमा एक महिने प्रशिक्षण शुरु गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख शिबकुमार गिरीले प्रशिक्षणले दक्ष खेलाडी उत्पादन मात्र नगरी नगरपालिकाले दक्ष खेलाडी उत्पादन गर्ने पनि बिशेष योजना बनाएको बताउनु भयो ।
कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष ईन्द्र बहादुर शाहीले कार्यक्रममा बोल्दै खेलकुदले युवाहरुको चौतर्फी विकासमा सहयोग गर्ने बताउनु८ भयो ।
त्यस्तै नगर खेलकुद बिकास समितिका अध्यक्ष प्रबिण गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरप्रमुख शिबकुमार गिरीले स्वस्थ जीवनको लागि खेल अनिबार्य रहेको बताएका थिए ।
सो कार्यक्रमको सञ्चालन गीता रानाले गर्नु भएको थियो ।