/स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या 

स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या 

रिपोर्टर्स सेभेन,

स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या भएको छ।

हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय रेशम रानालाई पक्राउ गरेको छ। उनले शनिबार दिउँसो सवा १२ बजे एक किशोरको हत्या गरेका हुन्। उनले हरिनाश गाउँपालिका
आग्रीडाँडाका १४  वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोप छ।  
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूबीच
सामान्य विवाद भएको थियो। पछि रानाले थापालाई कोदालोले टाउकोमा हिर्काएका थिए। थापाको घटनास्थलमै मृत्यु भएको थियो।  
रानामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।