/यसपटकको आइ एम ई लिटरेचर फेस्टिबल भर्चुअल रुपमा हुने

यसपटकको आइ एम ई लिटरेचर फेस्टिबल भर्चुअल रुपमा हुने

रिपोर्टर्स सेभेन ,

पुष ६, आइ एम ई लिटरेचर फेस्टिबल यो वर्ष भर्चुअल रुपमा हुने भएको छ   । 

यही पुस १४ र १५ अर्थात् डिसेम्बर २९ र ३० डिसेम्बरमा भर्चुअल रुपमा आयोजना हुने  बुकवर्म फाउन्डेसनले जानकारी दिएको हो । 

फेस्टिबलका कार्यकारी निर्देशक निरज भारीले कार्यक्रममा कोरोना भाइरसको महामारीका कारण यो वर्षको फेस्टिबल भौतिक रुपमा आयोजना गर्न नसकिने जानकारी दिएका छन्  । भौतिक रुपमा नै दर्शकहरुको उपस्थितिमा फेस्टिबल आयोजना गर्ने चाहना भए पनि परिस्थितिले सम्भव नभएको उनको भनाई थियो ।