/आज यो वर्षकै छोटो दिन

आज यो वर्षकै छोटो दिन

 

   रिपोर्टस सेभेन,                                                  पुष ६,  आज वर्षकै सबैभन्दा छोटो दिन हो । यसलाई विन्टर सल्सटिस पनि    भनिन्छ ।  यस दिनलाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्स्टिस’ भन्ने गरिएको छ। सबै भन्दा लामो दिन भएको जुन २१ को दिनलाई ‘समर सोल्स्टिस’ भनिन्छ।      वैज्ञानिकहरुका अनुसार सौर्य मण्डलमा चक्कर लगाइरहेन पृथ्वी केही झुकेको छ। पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउँछ। यस क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा सूर्यको विपरित दिशामा झुकेको छ भन्ने कुराले  चिसो मौसम र गर्मी मौसमको निर्धारण गरेको हुन्छ। यसैगरी सूर्यको पृथ्वीको कुनै भू–भागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भू–भागमा धेरै समयसम्म रहने हुँदा। दिन छोटो या लामो हुन्छ। 

यो भन्दा पहिला २०१७ मा पनि विन्टर सल्सटिस २१ डिसेम्बरमा परेको थियो ।