/गुप्तेश्वर महादेव क्याम्पसको साधारण सभा सम्पन्न

गुप्तेश्वर महादेव क्याम्पसको साधारण सभा सम्पन्न

रिपोर्टस सेभेन,

पोखरा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा–१७ का वडाध्यक्ष श्री तीर्थराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. टंकराज अधिकारीको अध्यक्षतामा भएको थियो ।
प्रमुख अतिथिको तर्फबाट बोल्दै वडा अध्यक्ष तीर्थराज अधिकारीले क्याम्पसले भौतिक, शैक्षिक, प्राविधिक एवं व्यवहारीक शिक्षामा क्याम्पसले फड्को मारी प्रदेशमै अग्रणी शैक्षिक केन्द्रको रुपमा स्थापित हुदै गएको बताउनु भयो । साथै स्थानीय निकायको तर्फबाट क्याम्पसलाई गर्नुपर्ने सहयोगमा सधै तत्पर रहने कुरा समेत बताउनु भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. टंकराज अधिकारीले रोजगारमुखी शिक्षा प्रदान गर्दै यस क्याम्पसलाई शैक्षिक केन्द्रका रुपमा स्थापित गर्दै शिक्षक एवम् विद्यार्थीलाई अनुसन्धानात्मक कार्यमा बढि जोड दिने बताउनु भएको छ । त्यसै गरी क्याम्पसले क्यू.ए.ए. प्राप्तिका लागि अन्तिम चरणमा पुगेकाले सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रमुख संरक्षक संस्था श्रीगुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णुप्रसाद पौडेलले क्याम्पसको विकासको लागी गुफाले सक्दो सहयोग गर्दै जाने बताउनु भएको छ । पूर्व गर्भनर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष श्रीदिपेन्द्र बहादुर क्षेत्रीले विद्यार्थीका उत्पादन बजारमा पु¥याउनु पर्ने कुरामा जोड दिनुभएको थियो । संस्थापक अध्यक्ष श्री खगराज शर्मा आचार्य र छोरेपाटन मा.वि. का अध्यक्ष श्री झपिन्द्रराज रेग्मीले क्याम्पसको विकासको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख श्रीधर्मराज बरालले शैक्षिक प्रतिवेदन, कोषाध्यक्ष श्री ज्ञाज शर्माले आर्थिक प्रतिवेदन र लेखा संयोजक श्री ईश्वरी प्रसाद लम्सालले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरु साधारण सभाले सर्वसम्वत् पारित गरेको छ ।
उक्त क्याम्पसमा हाल स्नातक तर्फ वी.वी.एस., वी.एड्., वी.एच्.एम. र वी.आइ.एम् साथै स्नातकोत्तर तहतर्फ एम.वी.एस्. कार्यक्रमहरु सञ्चालीत रहेका छन् । ५७९ संख्यामा विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ४१ जना रहनुभएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री श्रीराम सुवेदीले स्वागत् मन्तव्य राख्नु भएको थियो भने कोषाध्यक्ष श्री ज्ञाज शर्माले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक लेखनाथ बरालले गर्नु भएको थियो