/संसद विघटन र मध्यावधि चुनावबारे छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

संसद विघटन र मध्यावधि चुनावबारे छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक

 

पुस ६,प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै पछिल्लो राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ ।

बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् ।

संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । आजको बैठकमा प्रतिनिधिसभामा रहेका सबै दललाई बोलाइएको छ ।