असिम पौडेल,
पुष ६, पोखराको मुख्य बजार चोक महेन्द्र पुलमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। पूर्व सभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले विघटनको विरोध गर्दै ओलीको कदम असंवैधानिक भएको बताएका छन ।
उनले सोमबार पोखरामा प्रतिनिधिसभा विघटनको विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको निर्णय जनताको मर्म नबुझ्ने खाल्को रहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वसभापति विकास थापाले कांग्रेसले देश हारेको देख्न नसहेको बताउँदै प्रधानमन्त्रीको कदमलाई व्रिरोध गरिएको बताएका छन् ।