पुष ६, जागौं नेपालकाे बिरोध संगै पोखरा महानगरले सुरु गरेको पार्किङ शुल्क बिरुद्द उच्च अदालतले पनि जागौ नेपालकै पक्षमा आदेश जारि गरेको छ ।
पोखरा महानगर भित्र पार्किङ शुल्क उठाउन सुरु गरेलगत्तै जागौं नेपाल अभियान एक हप्तादेखि आन्दोलनरत थियो । न्यायधीश नारायण श्रेष्ठकाे एकल इजलासले अब्यवस्थित पार्किङ्गको बिरुद्द गत साेमबारदेखि सडक आन्दोलनमा रहेको जागौ नेपालकाे पक्षमा अन्तरिम आदेश जारी गरेकाे हो । अधिवक्ता राजेन्द्रमान श्रेष्ठ र जागौ नेपाल कास्की संयोजक नारायण हरि तिवारिको तर्फबाट ब्यबस्थित पार्किङ्गको माग सहित आइतबार उच्च अदालत पाेखरामा रिट निबेदन परेको थियो ।
पोखरा महानगर पालिकाका मेयर , कार्यकारी प्रमुख , राजस्व प्रमुख र साबित्री जेभिको नाममा आदेश जारि भएको हो ।
भोलिबाटै अदालतकाे आदेश पालना नगरेमा अदालतको मानहानी गरेको भनि पुन अदालत जाने जागाैं नेपालका संयाेजक दीपक आचार्यले बताएका छन् ।