/बालुवाटारमा बैठक शुरु, नेता टोपबहादुर र मणि थापा पनि सहभागी

बालुवाटारमा बैठक शुरु, नेता टोपबहादुर र मणि थापा पनि सहभागी

पुस ७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलीले बाेलाउनुभएकाे केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी पौने ११ बजे शुरु भएको केन्दीय सदस्य नारदमुनि रानाले जानकारी दिनुभयो । बैठकको गृहकार्यमा केही समय लागेपछि बैठक केही ढिलो भएको उहाँको भनाइ छ । हिजो सोमबार अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई बिहान १० बजेपछि बालुवाटारमा छलफल गर्नुभएको थियो ।

आजको बैठकमा पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी र मणि थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुग्नुभएको बालुवाटार स्रोतले बताएको छ ।