एजेन्सी ।
कोरोना महामारी संगै फिल्मी क्षेत्रमा नराम्रो प्रभाव पार्याे ।
अभिनेता अक्षय कुमार भने सफल चलिचित्रका साथै राम्रो कमाइ गर्ने कलाकारमा परेका छन् । उनि पूनः एक पटक फोर्ब्सको सबैभन्दा बढि कमाउने सेलिब्रेटीको सूचीमा पर्न सफल भएका छन् । फोर्ब्सको सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीमा पर्ने अक्षय कुमार एक मात्र भारतीय कलाकार हुन् । सूचीमा अक्षय कुमार ५२ औं स्थानमा छन् ।
फोर्ब्सको अनुसार सन् २०२० मा अक्षय कुमारले ४८.५ मिलियन डलर कमाएका छन् । अक्षयले जैकी चैन, जेनिफर लोपेजलाई समेत उछिनेका छन् ।
फोर्ब्सको सूचीमा अमरीकी मोडल काईली जेनर पहिलो स्थानमा छिन् । त्यस्तै अमरीकी र्यापर कान्ये वेस्ट दोश्रो स्थानमा छन् भने टेनिस स्टार रोजर फेडरर तेश्रो स्थानमा छन्