/स्याङ्जामा अबैध रुपमा ढुङगा, गिट्टी र बालुवा उत्खनन् रोकिएन, दर्जन घरपरिवार जोखिममा

स्याङ्जामा अबैध रुपमा ढुङगा, गिट्टी र बालुवा उत्खनन् रोकिएन, दर्जन घरपरिवार जोखिममा

डिआर काफ्ले ,

पुष ७, कालीगण्डकी नदीमा भएको नदीजन्य पदार्थको मनपरी दोहनले स्याङ्गजा   बगनासकाली गाउँपालिका –६ दर्पुकस्थित मचेटा बस्ती  जोखिममा परेको छ ।

 

नदीजन्य पदार्थ ढुङगा, गिट्टी र बालुवा उत्खनन् तथा संकलन बन्द गर्न सरकारले  आदेश  समेत दिएको थियो  ।  

सरकारको उक्त आदेशलाइ अवज्ञा गर्दै  यता  कालीगण्डकी गाउँपालिका स्याङ्जाको अनुमतिमै  दिनरात ढुङगा, गिट्टी र बालुवा उत्खनन् तथा ओसारपसार भैरहेको छ । 

नदीले कटान गर्दै गएपछी १७ घरपरिवार जोखिममा परेको  स्थानीय बताउछन  । 

सरकारले गत कात्र्तिक २८ गते सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अर्को सूचना नभए सम्मका लागि ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् संकलन तथा निकासी नगर्न आदेश दिएको छ ।  तर कालिगण्डकी  गाउँपालिकाले भने यसमा   अटेर गरिरहेको  स्थानीयको गुनासो छ  ।