/बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

रिपोर्टर्स सेभेन ,

पुष ७, तत्कालाको लागी  बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा सरकारले  रोक लगाउने निर्णय गरेको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ । 

विश्वका धेरै देशहरुले बेलायत आवत जावतमा प्रतिबन्ध लगाएका लगाए संगै  नेपालले पनि मंगलबारदेखि राेक लगाएकाे छ। करिब एक दर्जन देशले यसरी हवाई सेवामा राेक लगाएका छन्। 

तर यसरी फैलिएकाे काेराेनाबारे विज्ञहरुले हवाई यात्रा राेक लगाउँदैमा नहुने चेतावनी दिएका छन्। एक अमेरिकी डाक्टरले याे भाइरस अमेरिकाबाट फैलिएकाे हुन सक्ने आशंका गरेका छन्। सिएनबिसीकाे रिपोर्टिङअनुसार अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनका पूर्वप्रमुख स्कट गाेटबिलले याे भाइरस अमेरिकामा भएकाे र यात्रा प्रतिबन्ध लगाएर नराेकिने बताए।