/सर्वोच्च अदालतमा आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै

सर्वोच्च अदालतमा आजबाट प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै

रिपोर्टस सेभेन,

काठमाडौं । प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले  आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका छन् । विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकोले आदेशमार्फत सबै निवेदनलाई एउटै इजलासमा हेर्न गरी आदेश हुने सम्भावना पनि रहेको छ ।

सवैधानिक इजलासमा दर्ता भएको निवेदनको पालो भने आगामी शुक्रबार आउने जनाइएको छ  ।