/प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक आज

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक आज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो । पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने भोलिका लागि तोकिएको छ ।

हिजो बबरमहलस्थित एक सभाहलमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयनसमेत गरेको छ ।