/अविश्वास प्रस्ताव पहिले कि संसद विघटन? बोल्न बाध्य भयो संसद सचिवालय

अविश्वास प्रस्ताव पहिले कि संसद विघटन? बोल्न बाध्य भयो संसद सचिवालय

 प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दुवै संघीय संसद सचिवालयमा दर्ता भएसंगै संसद पहिले विघटन भयो या अविश्वास प्रस्ताव पहिले भनेर बहसको बिषय बनेको छ ।

प्रस्ताव त दर्ता भयो। तर प्रस्ताव दर्ता भएको समयलाई लिएर धेरै टिकाटिप्पणी भए। कसैले प्रतिनिधिसभा विघटन हुनु अघि नै प्रस्ताव दर्ता गरेको बताए त कसैले विघटनपछि।

समयको विषयमा धेरै चर्चा भएपछि संसद सचिवालयले अविश्वासको प्रस्ताव दर्ता भएको समयबारे स्पष्टिकरण दिएको छ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्ताव सोही दिन पेश भएको र सभामुख अग्नि सापकोटाको तोक आदेशपछि सोही दिन अपरान्ह ३: ३० बजे दर्ता भएको जनाएका हुन्। राष्ट्रपति भण्डारीले भने दिउँसो करिब २: ३० बजे नै प्रतिनिधि सभा विघटन गरेकी थिइन्।