/संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

रिपोर्टस सेभेन 

पुष ८, सर्वोच्चमा परेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिए पनि  संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो  । 

बुधबार कञ्चनकृष्ण न्यौपाने, समृत खरेलसमेत, लोकेन्द्र केसीसमेत, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अनिता गौतम पौडेलसमेत, दीपक राईसमेत, तुलसी शिंखडाले पनि रिट दायर गरेका थिए । 

 निवेदकहरुको तर्फबाट बहस सुनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् ।