/महेन्द्रपुलमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त

महेन्द्रपुलमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त

पोखरा महेन्द्रपुलस्थित आज पुन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन भएको छ ।  देशका विभिन्न ठाउमा प्रधान मन्त्रि ले पछिल्लो क्रममा लिएको कदमको सर्वत्र बिरोध अनि समर्थन दुवै भएको छ  ।

यसै बीच आज पोखरा महेन्द्रपुल स्थित भएको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शनका क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप समेत  भएको छ ।  आन्दोलनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा  आन्दोलनकारी र प्रहरी बीच झडप भएको थियो  । प्रहरी तथा आन्दोलनकारीबीच पुत्ला खोसाखोस हुदा प्रहरी तथा आन्दोलनकारी बीच हात हालाहाल भएको जनाइएको

प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाउने क्रममा प्रहरी तथा आन्दोलनकारीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेपछि  सुरक्षा अवस्था कडा पारिएको थियो  ।